अदुवा (Ginger) एक फूल फूल्ने वनस्पति हो जसको जरा राइजोम (Rhizome) मा रूपान्तरण भएको हुन्छ। यसको वैज्ञानिक नाम जिङ्गिबर अफिसिनेल ( Zingiber officinale) हो।यसको मुख्य प्रायोजनमा आउने भाग जरा हो र यसको पात पनि मसलाको रूपमा प्रयोग गर्न सकिन्छ। यसको जरा बिभिन्न प्रकारको शाकाहारी तथा मांशाहारी भोजनमा मसलाको रुपमा प्रयोग गरिन्छ। यसको जरालाई ताजा तथा सुकाएर चु र्ण बनायर प्रयोग गर्न सकिन्छ। अतः यसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई आयुर्वेदमा अति उपयोगी औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। यसलाई बिभिन्न रोग जस्तै उच्च रक्तचाप, अपच, वाकवाकी लाग्ने, बान्ता हुने, मुटु रोग, मधुमेह, रुघा, खोकी, दम, निमोनिया, एलर्जी,मांसपेशीको दुखाई, रजस्वालाको दुखाई, उच्च कोलेस्टेरोल, अल्जाइमर तथा पार्किन्सन आदिको उपचारमा प्रयोग गर्न सकिन्छ। यसमा भएको गिन्जेरोल (Gingerol) नामक बास्नादार रसायनले एन्टिइन्फ्लामेटरी तथा एन्टिअक्सिडेन्ट (Anti-inflammatory and Antioxidant) को रुपमा काम गर्छ। यसको प्रयोग खोकी (Allergic Cough) मा निकै प्रभावकारी हुन्छ। अदुवाको करिब दुई बर्ष सम्मको लगातार प्रयोगले दिर्घकालिन खो
कन्या च्याऊ (Oyster Mushroom) एक प्रकारको खान मिल्ने च्याऊ अर्थात् ढुसी हो। यसको वैज्ञानिक नाम प्ल्युरोटस ओस्ट्रियटस (Pleurotus ostreatus) हो। यो नेपाल लगायत विश्वभरनै पाइन्छ। र यसको खेती पनि गर्न मिल्छ। यो खानको लागि स्वादिलो तथा पोषण युक्त छ । यसमा प्रोटिन, भिटामिन, खनिज र रेसा प्रशस्त मात्रामा पाइन्छ जसले शरीरमा तागत दिनका साथै मुटु र पाचन प्रणालीलाई बलियो बनाउछ। यसको खेती नेपालको सबै ठाउँमा गर्न सकिन्छ। च्याउको बिऊ उत्पादन गर्ने प्रयोगशाला तथा उद्योग हरुले यसको बीजाणुलाई भिजेको गहुँको दानामा उमारी (Inoculated with moist Wheat Seeds) सेतो रंगको ढुसी (Mycelium) दोखापरेपछी हावा छिर्नेगरी प्लास्टिक मा बन्द गरेर बजारमा ल्याउँछन् । यसरी तयारी अवस्थामा पाइने बिऊलाई करिब आधा वा एक घण्टा बफाएर जीवाणुरहित (Sterilization) गरिएको पराल, भुस अथवा काठको धूलोमा प्लास्टिक ब्यागभित्र रोप्न सकिन्छ। प्लास्टिक ब्यागलाई ससाना प्वाल पारी स्वासप्रस्वास लाई अक्सिजनको व्यवस्था गर्नुपर्छ। यसरी रोपिएको बिऊ २ – ३ औं दिनमा सेतो ढुसीमा रूपान्तरण भइ १५ – २० औं दिनमा ससाना टुसा (Aerial Hyphae) देखा पर्छ र एक